काठमाडौं, साउन २५। नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमित पुरुषको शनिबार राती मृत्यु भएको हो ।
मृतक पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष हुन् ।