Logo

लामो दूूरीका सवारी पास वितरणमा कडाइ, सस्तो छ नियम



काठमाडौं,साउन २५ । काठमाडौं उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ । उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौँले थप कडाइ गरेको हो ।

अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ ।

कार्यालय समयमा भीडभाड भएपछि बिहान ८ बजे सवारी पास वितरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार अघिल्लो दिन निवेदन सङ्कलन गरी भोलिपल्ट बिहान ८ बजे पास वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्