काठमाडौं, साउन २५ । प्रभावकरी कोरोना नियन्त्रणको माग गर्दै २३ दिनदेखि अनसन बसेका ‘इनफ इज इनफ’ अभियन्ताले आइतबार अनशन तोडेका छन् । आज विहान मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौता भएपछि अनसन सकिएको हो । अभियन्ता ईः लाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका थिए।