Logo

पुलबाट डण्डा खोलामा हाम्फालेकी अधिकारीको यसरी भयो उद्धार



रुपन्देही, २५ साउन । यी महिला डन्डा खोलामा हामफालिन् । २४ साउनमा हामफालेकी महिलाको तत्काल उद्धार भयो । सशस्त्र प्रहरीले उद्धार गरी उनको जीवन रक्षा गर्न सफल भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा साउन २४ गते पुलबाट हाम्फालेकी २७ बर्षिया पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो । अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो । अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।-Photo Source: APF



प्रतिक्रिया दिनुहोस्