Logo

नेकपाका ६१ सांसदहरुद्वारा पार्टी एकताको लागि अपिल, कसले के भने ?



मुकुन्द कालिकोटे : काठमाडौं २५ श्रावण । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसदहरुले पार्टी एकताको लागि अपिल गरेका छन् । आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले करिब दुईतिहाई मतदान नेकपालाई दिएर विजयी बनाएका नेपाली जनताका सपना साकार बनाउन लाग्नु पर्ने ऐतिहासिक जिम्मेवारीलार्य भुलेर नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेतृत्वतहमा देखा परेको गम्भिर अन्तरविरोधले आम नेपाली जनता र कार्यकर्ताहरु मर्माहत भएको भन्दै शिर्घ एकताको सुत्रमा बाँधिन अपिल गरेका हुन् । पत्रकार सम्मेलनमा वितरित अपिलमा भनिएको छ–दुई ठूला पार्टीहरुको एकता प्रकृया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ ।

दक्षिणपन्थी पार्टी बनाएर हिँड्ने आँट नगर्नुस्– झाँक्री

पत्रकार सम्मेलनमा बोल्दै रामकुमारी झाँक्रीले भनिन्, दक्षिणपन्थी पार्टी बनाएर हिँड्न पनि धेरै जोखिम छ, तपाईहरु आँट नगर्नुस् । एउटा ऐतिहासिक कालखण्डमा निर्माण भएको नेकपाबाट सानो पार्टी गठन गर्ने सोच भएको हो भने एक प्रकारको न्यानो मात्र हुन्छ, धुलो टकटक्याएर हिँड्न कसैलाई छुट छैन ।

पद, प्रतिष्ठाको लागि व्यक्तिवादी विचारधारा हावी भएको भन्दै सांसद झाँक्रीले हामी निर्णायक शक्ति वा सदस्य पनि हौँ, हतियारको सहि सदूपयोग भएन भने त्यो हतियार काम लाग्दैन । पार्टी एकताको पक्षमा एकै मत हुनुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो अभियान थालिएको जानकारी दिईन् ।

अहिलेको पदको लडाईँ गरेर कायरता प्रदर्शन गरिएको छ– भट्टराई

पत्रकार सम्मेलनमा विशाल भट्टराईले भने,’ईतिहासमा ठूला–ठूला आन्दोलनबाट संविधान संस्थागत गरियो, जनतामा भरोसाको केन्द्र बनियो तर पदको लागि झगडा गरेर कायरता प्रदर्शन गरिएको छ । कुर्सी खेलमा जनतालाई कुठाराघात गरिएको छ, जनताको अभिमतको खिल्ली उडाउने काम भएको छ ।’ भट्टराईले पार्टी फुटाउने कसरथमा लागेकाहरुको प्रवृत्ति यस्तै रहे पार्टी कार्यालय धर्ना बस्ने चेतावनी दिए ।

यो प्ररम्भिक सुरुवात हो, यसले भुँईचालो ल्याउन सक्छ– सुनुवार

यज्ञराज सुनुवारले भने,’अग्रज नेताहरुको यो लडाईँले जनताको चाहनामा तुसारापात ल्याएको छ, यो सुरुवात प्रारम्भिक हो, यसले कसै–कसैमा भूईँचालो ल्याउनसक्छ । निर्वाचित सांसदहरुले गरेको यो कार्य ऐतिहासिक भएको दावी गर्दै सुनुावारले नेताहरुबाट पहिलो पटक यो ठाउँमा पुर्याए, देशी–विदेशीहरुको हस्तक्षेपको सामना गर्दै आएको छ, यो कदमले नेकपा मात्रै होईन ९५ प्रतिशत नेता तथा जनताहरु एकताको पक्षमा छन्, यो पत्रकार सम्मेलन एकता कै पक्ष प्रतिबद्धता हो ।

हस्तक्षेपकारी भूमिका आउन सक्छ– पहाडी

गणेशकुमार पहाडीले भने, पार्टी एकता र सुदृढीकरणको लागि हामीले यो अभियान गरिएको हो, यतिमात्र होईन, भोली पार्टीलाई बचाउन आवश्य पर्यो भने हस्तक्षेकारी भूमिका पनि आउनसक्छ ।

पदको लागि कुष्ठा पालेर पार्टी सुदृढीकरण हुँदैन–राना

नारदमुनी रानाले पदको लागि, मेरो मान्छेलाई भागबण्डामा पारिएन भनेर कुण्ठा पारेर पार्टी सुदृढिकरण नहुने जिकिर गरे । उनले भने, कुर्सीको लागि लडाईँ गर्नुनै थियो भने किन एकता गरेको भनेर जनताले भन्न थालेका छन्, के सचिवालय, स्थायी समिति असफल भएको हो । जनताले दिएको अभिमतको संरक्षण गरौं ।

हामी कसैको दास होईनौं– श्रेष्ठ

जीवनराम श्रेष्ठले भने, नेताहरुले जे सोच्यो त्यही हुन्छ भन्ने नसोचे हुन्छ, यहाँ कोही कसैको दास होईनौं । उनले नेताहरुले बाटो बिराउने काम गर्नुहुँदैन, जनताप्रतिको विश्वास घात क्षम्य हुँदैन । यो लडाईँले लोकतान्त्र समाप्त हुन्छ ।

पार्टी फूटाउन दिँदैनौं त्यो तागत हामीसँग छ– राई

सुरेशकुमार राईले भने,’हाम्रो बोली पार्टी एकताको पक्षमा मात्र रहन्छ, हामी पार्टी फूटाउन दिँदैनौं त्यो तागत हामीसँग छ । उनले पार्टी फूट्दैन त्यो मनसायको अन्त्य हुन्छ, त्यो तागत कसैसँग छैन । अहिले सिङ्गो देश र जनता चिन्तित छन्, ऐतिहासिक र दूरगामी जनताको अभिमतलाई खेर जान दिँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot