Logo

आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, साउन २६ । शनिबारदेखि सक्रिय रहेको मौसम आज देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन  र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले अझै दुई दिन नेपालमा मनसुन सक्रिय हुने जनाएको छ ।

मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश , प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, आज रातीसम्म देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश , प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot