Logo

उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह



काठमाडौं, साउन २६। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ ।

आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेका हुन् ।

काठमाडौं देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ ।

उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्