Logo

गोंगबु हत्या प्रकरणः चितवनबाट एक महिला पक्राउ



चितवन, २७ साउन । काठमाडौको गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छन। दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा चितवनबाट कल्पना शाही पक्राउ परेकी हुन्। काठमाडौंबाट आएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेर लगेको छ। हत्या आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो। सुटकेसमा जीउमात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्‍यो। कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वार्ड नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको थियो।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो। शवको पहिचान कृष्णकै साथी निरज थापाले गरेका थिए। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको पाँचवटा टोलीले अनुसन्धान गरिरहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot