Logo

बढ्न सकेन कर्जामा आकर्षण



काठमाडौं, साउन २७ । वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक गरिरहँदा पनि कर्जा विस्तार हुनुको सट्टा सङ्कुचन हुँदै गएको छ ।

कोरोना सङ्क्रमणले थलिएको अर्थतन्त्रसँगै उद्योग÷व्यवसाय प्रभावित हुँदा एकल अङ्ककै ब्याजदरमा उपलब्ध हुँदा पनि कर्जा विस्तार हुनुको सट्टा घट्दो क्रममा छ । बैङ्कहरूमा निक्षेप सङ्कलन बढ्दो छ भने कर्जाको माग र आपूर्ति घट्दो छ ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा गुणाकर भट्टका अनुसार असारमा मात्रै १५६ अर्ब निक्षेप सङ्कलन भएको थियो । यो तथ्याङ्क प्रारम्भिक भएका हुनाले अझ बढ्न सक्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको बन्दाबन्दीयता निक्षेप बढिरहेको छ । उनका अनुसार बन्दाबन्दी सुरु भएको चैतमा ५३ अर्ब सङ्कलन भएको निक्षेप वैशाखमा ४५ अर्ब, जेठमा ७४ अर्ब सङ्कलन भएको छ ।

घट्दो कर्जा लगानी र बढ्दो निक्षेप दरले गर्दा बैङ्कहरूमा तरलता बढ्दै गएपछि बैङ्कहरू बीचमै सस्तो र सुलभ दरमा अझ केही बैङ्कले त आधार ब्याजदरमै कर्जा योजना ल्याएका छन् ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार गत सातामा मात्र बैङ्कहरूको निक्षेप २५ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने एक अर्बले घटेको छ । साउन ९ गते शुक्रबार वाणिज्य बैङ्कहरूको कर्जा लगानी २८ खर्ब ६७ अर्ब र निक्षेप ३४ खर्ब ६२ अर्ब रहेकोमा मध्य साउनमा बढेर ३४ खर्ब ८७ अर्ब पुग्यो भने कर्जा लगानी एक अर्बले घटेर २८ खर्ब ६६ अर्बमा झ¥यो ।

नयाँ कर्जाको माग निकै कम भएकाले बैङ्कको सीसीडी रेसियो ७२।०५ प्रतिशतमा सीमित भएको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ तर बैङ्कहरूको सीसीडी रेसियो भने निकै तल रहेको आजको गोरखापत्र दैनिमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot