Logo

भदौ १० देखि पानीको मूल्य प्रतिबोतल १६ र प्रतिजार ५० रुपैयाँ



काठमाडौं, साउन २७ । सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो ।

विभागका अनुसार प्रशोधित प्रतिबोतल १६ रुपैयाँ र प्रतिजार ५० रुपैयाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपैयाँमा बिक्री भइरहेको विभागले जनाएको छ । यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपैयाँ तोकिए पनि उपभोक्ताले ४०÷४५ रुपैयाँमै किनेर खान पाइरहेका थिए ।

उपभोक्ता अधिकारकर्मीले भने सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप लगाए ।

उनले मलै बालाजुमा प्रतिजार ३५ देखि ४० रुपैयाँमा खाइरहेको छु । सरकारले १५ रुपियाँ बढायो, पानीको गुणस्तर, जारको सरसफाइका विषयमा केही बोलेको भए पनि त गुणस्तर राम्रो हुने भयो भनेर उपभोक्ताले चित्त बुझाउँदा हुन् । त्यो पनि भएन, के आधारमा मूल्य तोकियो? उपभोक्तालाई जवाफ दिनुपर्ने उनको भनाई छ।

विभागका अनुसार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।

विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot