Logo

ट्रम्पको पत्रकार सम्मेलनस्थल बाहिर गोली चल्यो



काठमाडौँ, २७ साउन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस राष्ट्रपति कार्यालय बाहिर गोली चलेको बताएका छन् । आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताएका हुन् ।

पत्रकार सम्मेलन भइरहेकै बेला उनका सुरक्षाकर्मीले उनलाई केही भन्दै पत्रकार सम्मेलन स्थलबाट भित्र लिएर गए । त्यसको ९ मिनेटपछि फेरि पत्रकार सम्मेलन स्थलमा फर्केर ट्रम्पले पत्रकारसँग भने, ‘स्थिति नियन्त्रणमा छ ।’

उनले अमेरिकी सिक्रेट सर्भिसका मानिसले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको र त्यसपछि कसैलाई अस्पताल लगिएको बताए ।

ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको चलेको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लगिएको थियो । तर मलाई उसको अवस्थाबारे जानकारी छैन ।’ त्यो व्यक्ति किन आयो भन्नेबारे आफूलाई जानकारी नभएको उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको खबर समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्