Logo

एकैदिन १० कोरोना संक्रमितको मृत्यु



काठमाडौं, साउन २९ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर बुधबारमात्रै थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक(एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्