Logo

पत्रकार बानियाँको मृत्युमा छानबिन गर्न महासंघको माग



काठमाडौं, २९ साउन । नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रमेश विष्टले महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँको मृत्यु रहस्यमय भएको भन्दै सरकारसँग छानबिन गर्न माग गरेका हुन्।

‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनको बारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ। बानियाँको निधनले महासंघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ। साउन २६ गते दिउँसोदेखि सम्पर्कबिहीन भएका बानियाँको शव बुधबार बिहान मकवानपुरको सिस्नेस्थित माण्डु जलविद्युत आयोजनामा भेटिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्