Logo

कोरोनाबाट बच्न हस्तमैथुन र भर्चुअल सेक्सको सुझाव



एजेन्सी, २९ साउन । कोरोना भाइरसले मानिसको यौन जीवनमा पनि असर पारेको छ । भौतिक सम्पर्कका अलावा फेस टु फेस सेक्सबाट पनि कोरोना भाइरसको संक्रमण फैलन सक्छ । यौन सम्पर्कका बखत चुम्बन हुने भएकाले कोरोना सर्ने सम्भावना बढ्न सक्छ । यसलाई दृष्टिगत गरी सेक्सुअल हेल्थ च्यारिटीले केही सुझावहरु दिएको छ ।

भौतिक सम्पर्क नगरी सेक्स नगर भन्नु कठोर लागेपनि कोरोनाको रोकथामका लागि यो आवश्यक पर्ने बताइएको छ । यो बेलामा सबैभन्दा उत्तम सेक्स पार्टनर आफै हो भन्ने पनि सुझाव दिइएको छ । हस्तमैथुन, सेक्सटोय, फोन र अनलाइन सेक्सबाट सुरक्षित तरिकाले यौनसुख लिन सकिने सुझाव दिइएको छ ।

यदि सेक्स नै गर्ने हो भने निश्चित पार्टनरसँग अनुशासित तरिकाले गर्नुपर्ने सुझाव दिइएको छ । यसको कारण हो यौन सम्पर्कबाट पनि कोरोना भाइरस सर्ने सम्भावना रहनु ।

भाइरस रयाल, थुक, स्वासप्रश्वास, भौतिक सम्पर्कबाट सर्ने सम्भावना रहन्छ । यदि यौन सम्पर्क प्रत्यक्ष रुपमा गरिन्छ भने चुम्बनको सम्भावना रहन्छ । त्यस अवस्थामा निश्चयपनि कोरोना सर्ने सम्भावना बढी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्