Logo

ब्राजिलबाट निर्यात गरिएको कुखुराको मासुमा कोरोना भाइरस



एजेन्सी, २९ साउन । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् उक्त कुराको जानकारी गराएको हो । विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको जनाइएको छ ।

रेष्टुरेन्टमा कुखुराको मासु खाएकाहरुमा कोरोना संक्रमण समेत भेटिएको हुनसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot