विपिन देवः भारतीय स्वतन्त्रता संग्राम विश्व इतिहासमा एक प्रेरणादायी घटना हो, जसले मानव सभ्यतालाई स्वतन्त्रताका लागि अविचलित रुपमा शान्तिपूर्ण संघर्ष गर्न जगाउँछ । रामायणमा एउटा रोचक वर्णन के छ भने रामको सेनामा देवताहरू विभिन्न रुपमा आफ्नो आवरण वदलेर स्रग्राम गरें । त्यस्तै भारतीय स्वतन्त्रता संग्राममा पनि नेतृत्व पंक्तिहरू उच्च कोटीका व्यक्तित्वहरूको मूल्याङ्कन गर्दा देवताहरूको लडाइ‘को सम्झना हुन्छ । गान्धीदेखि विनोवाभावेसम्म, नेहरुदेखि पटेलसम्म, अचार्य कृपलानीदेखि मालबेयीसम्म, जयप्रकाशदेखि डा.लोहियासम्म, सुभाष चन्द्र वोशदेखि वीर सावरकरसम्म हरेक व्यक्तित्व मानव सभ्यताका द्रष्टा नै थिए ।
भारतीय स्वतन्त्रता संग्राममा वेददेखि विवेकान्दको सिद्धान्तको प्रयोग उपनिशददेखि उपग्रहको चर्चा, माक्र्सवाददेखि गान्धीवादसम्मको प्रयोग भएको पाइन्छ । आज भारत आफ्नो प्रजातान्त्रिक यात्रामा स्वराजदेखि सुराज्य तर्फ उक्लिरहेको छ । भारतीय स्वतन्त्रता संग्राममा वीर नेपाली सपुतहरू वि.पि.कोइरालादेखि मनमोहन अधिकारीसम्म, कृष्ण प्रसाद भट्टराईदेखि गोपाल प्रसाद भट्टराईसम्म उल्लेख्य संख्यामा नेपाली युवाहरू आफ्नो त्याग र तपस्या उत्सर्ग गरेको नेपाल र भारत प्रगाद मित्रताको इतिहास छ । यसै सन्र्दभमा भारतीय स्वतन्त्रता संग्राममा कसरी नेपाल भुमिको प्रयोग भयो र कसरी नेपालीहरू आफ्नो पराक्रम स्वतन्त्रा संग्राममा प्रदर्शन गरे, प्रस्तुत आलेख त्यसैको एउटा प्रयास हो ।
सन् १९४२ तिर अंग्रेजले आफ्नो कूरतालाई तीव्रता दियो । अंग्रेजको दमनचक्रबाट बच्न र क्रान्तिको आगोलाई सल्काउन नेताहरू सीमा पार गरेर विस्तारै विस्तारै नेपाल तर्फ आउन लागे । यसै सन्र्दभमा सोसलिष्ट काङ्ग्रेसका एक नेता आनन्दी प्रसाद सिंह सप्तरी जिल्लाको बरसाइन भन्ने गाउ‘मा आइ रामेश्वर प्रसाद सिंहसंग भेटे । स्मरणीय छ रामेश्वर प्रसाद सिंह नेपाली काङ्ग्रेसका एक मूर्धन्य नेता थिए । रामेश्वर प्रसाद सिंह तिरहुतको मर्यादा अनुसार आनन्दी प्रसाद सिंहलाई उच्च सत्कारका साथ आश्रय दिए । केही दिन नवित्दै सन् १९४२ नोबेम्वरमा सोसलिष्ट नेता सुरज नारायण सिंह पनि हजारीवाग जेलबाट भागेर रामेश्वर बाबुको सम्पर्कमा आउने क्रम वढ्यो । तत्पश्चात् शिवनन्दन मण्डल पनि आइपुगे । यी नेतुत्ववर्गले रामेश्वर बाबूलाई अनुरोध गरें कि भारतमा क्रान्तिको कार्यक्रम बनाउ‘न सम्भव छैन । तसर्थ नेपालमा नै यसको आयोजना गरौं, जसबाट स्वतन्त्रता संग्रामको लडाई जित्न सम्भव हुन्छ । रामेश्वर बाबू प्रस्तावलाई सर्हष स्वीकार गरी सप्तरी जिल्लाको राजपुर भन्ने गाउ‘मा उच्च स्तरीय सम्मेलन गराइयो, जसको व्यवस्थापन स्थानीय व्यापारी लगायत् रामेश्वर बाबूले लिए ।
सोसलिष्ट नेतृत्व नेपालीहरूको सहयोगबाट उत्साहित भएर फेरि अर्को नयॉ प्रस्ताव राखें । जुन प्रस्ताव नेपालीहरूका लागि नेपाल र भारत सम्बन्धको अग्नि परीक्षा थियो । अर्थात् उनीहरूले जयप्रकाश नारायण, विजया पट्टवद्र्धन लगायत् डा. लोहियालाई आश्रय दिन आग्रह थियो । जयप्रकाश नारायण र डा. लोहिया सम्पूर्ण स्वतन्त्रता संग्रामलाई नेतृत्व गर्दै थिए । रामेश्वर बाबूले यो प्रस्ताव पनि स्वीकार गरें । ३ अप्रेल १९४३ मा जयप्रकाश नारायण र विजया पट्टवद्र्धन पनि रामेश्वर बाबूको गाउ‘ बरसाईन आइ पुगे । लगतै डा. लोहिया पनि आइ पुगे । सुरक्षा संवेदनशिलतालाई मध्यनजर राखी सन् १९४३ मा १२, १३ अप्रैलमा सप्तरी जिल्ला कोशी टापुको नजिक बनरझुला भन्ने गाउ‘मा फेरि अर्को सम्मेलन गरियो । सम्मेलनमा यु.पी. पंजाव, वंगाल लगायत् विभिन्न ठाउ‘बाट प्रतिनिधिहरू लिइएको थियो । सम्मेलनबाट नेपाल भूमिलाई गोरिल्ला युद्धको प्रयोग गर्न नीति पारित ग¥यो ।
यस महा अभियानमा आर्थिक भार भक्तपुर निवासी दल बहादुर प्रजापतिले बहन गरे । एक महिनासम्म सुरंगा पहाडमा प्रशिक्षण शिविर शुरु भयो । प्रशिक्षकहरूमा अजाद हिन्दको सैनिक प्रशिक्षकमा नित्यानन्द सिंहलाई नियुक्त गरियो । विस्तारै विस्तारै सप्तरी जिल्लाका युवाहरूलाई समेत क्रान्तिको राप र तापले प्रभावित गर्न लाग्यो । राणा शासकहरू आफ्नो गुप्तचरलाई परिचालित गरेर अंग्रेज विरोधी क्रियाकलापलाई आंकलन गर्दै थिए । जे.पी र डा. लोहिया कुशाहा टपुमा बसेर युद्धलाई दिशानिर्देश गर्दै थिए । मई २० मा ईश्वर राजको टोलीले जयप्रकाश नारयण, डा.लोहिया वैधनाथ झा लगायत् केही उच्च पंक्तिका नेतृत्वगणलाई गिरफ्तार गरें । यिनीहरूलाई गिरफ्तार गरी सप्तरीको सदरमुकाम हनुमाननगर जेलमा कैद गरें । अंग्रेजलाई खुशी पार्न राणा शासकहरूले जयप्रकाश नारायण र डा. लोहियालाई काठमाडौं चलान गर्न खोजेका थिए । यता डा.लोहिया र जयप्रकाश नारायणको गिरफ्तारीले सम्पूर्ण भारत आक्रान्त थियो । क्रान्तिकारीहरूको जोश र जॉगर प्रभावित हुन लाग्यो ।
भारतमा गान्धी, नेहरु र पटेल जस्ता नेताहरू कैदमा नै थिए । क्रान्ति अभिभारा त्यति खेर जय प्रकाश र डा. लोहियाको कॉधमा नै थियो । यस्तो उथल पुथलको अवस्थामा सुरज नारायण सिंहले एउटा नयॉ योजनाका साथ रामेश्वर बाबूसंग सल्लाह माग्देै हनुमाननगर जेलको अवस्था, क्षमता, भौगोलिक विवरणको जानकारी लिए । रामेश्वर बाबूले सम्पूर्ण वस्तुस्थितिको विवरण दिए । सुरज नारायण सिंहलाई स्थितिको गम्भीरताको पनि पूर्ण ज्ञान थियो । जे.पी र डा. लोहियालाई जेलबाट मुक्त गराइयो भने राणाहरूको क्रोधको सिकार यी नेपाली युवाहरू हुन्छन् भन्ने सुरज नारायण सिंहले महसुस गरे । जवाफमा रामेश्वर बाबूले भने कि हामी भारत स्वतन्त्रताका लागि जस्तोसुकै बलिदान दिन तयार छौं तर कुनै हालतमा डा.लोहिया र जयप्रकाश कैदमुक्त हुनु पर्दछ ।
उक्त परामर्श पछि मई २३ को दिन राति ११ बजे सदरदार नित्यानन्द सिंह र गुलाबी सुनारको नेतृत्वमा हनुमाननगर जेलमा आक्रमण भयो । आजाद दास्ता पूर्ण रुपमा क्रान्तिको ज्वारभाटाबाट उद्वेलित थियो । त्यसकारण राणाका सिपाहीहरू धेरै बेरसम्म टिकन सकेनन् यसरी डा.लोहिया र जयप्रकाश नारायणलाई जेलदबाट मुक्त गराइयो । राणाहरूको क्रोधको कुनै सीमा रहेन । तुरुन्तै हनुमाननगर प्रकरणको आरोपमा २२ जना नेपाली युवा नेताहरूलाई गिरफ्तार गरियो, जसमा सर्वश्री रामेश्वर प्रसाद सिंह, चतुरानन्द सिंह, जयमण्डल सिंह, मीन बाहादुर सिंह, तारणी प्रसाद सिंह, शत्रुधन सिंह, विन्देश्वर सिंह, अखण्ड नारायण सिंह, रामदत्त कोइराला, समर बहादुर प्रजापति, कामानन्द मिश्र, नेबु मडर, अब्दुल मिया, कृष्ण वीर कामी, किशन प्रसाद, विष्णुध्वंज श्रेष्ठ, वैजनाथ उपाध्याय, आनन्दी प्रसाद सिंह चन्द्र नारायण सिंह, देवनारायण सिंह र सेवक माझी पर्दछन् । यी सम्पूर्ण प्रातः स्मरणीय वीर सपुतहरूलाई तत्कालीन राणा शासनकले विभिन्न मुद्दा लगाई काठमाडौं जेल चलान गरे । प्रस्तुत अध्ययनले के पुष्टि गर्दछ भने नेपाल र भारतको सम्बन्ध जन जनको मनबाट संचालित छ । नेपाल र भारतको कुटनीतिक नेतृत्व तहमा सीमित स्वार्थ र सत्ताको समीकरणबाट प्रभावित छ तर जन जनको सम्बन्धमा प्रगाद मित्रता र त्याग मात्र छ ।
आजको बदलिदो परिवेशमा भारतले प्राप्त गरेको उपलब्धिलाई हामी बडो गम्भीरताका साथ मनन गर्नु पर्दछ किनभने भारतको संर्घषमा हाम्रो पनि कुनै न कुनै रुपमा भूमिका छ । भारतीय स्वतन्त्रता संग्राम पश्चात् भारतले अनवरत र अविच्छिन्न रुपमा प्रजातन्त्रलाई विकासको प्रमुख यन्त्र मानेर प्रयोग गरे । विवाद र विकासलाई अलग राख्नमा भारतको नेतृत्व सफल भयो । आज नेपालको अवस्था ठिक उल्टो छ । नेपाली नेताहरूले विवादलाई उच्च प्राथमिकता दिएर विकासलाई ओझेलमा पारेको छन्ं । भारतीय स्वतन्त्रता संग्रामबाट नेपालको भूमिका भएकाले पनि यसबाट प्राप्त अमृत (नेक्टार) बाट प्रेरणा लिई प्रजातन्त्र र विकासलाई संयोजन गर्नु पर्ने आजको आवश्यकता हो ।