काठमाडौं, साउन ३०। ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि त्यस क्षेत्रमा सवारी साधन घण्टौं जाममा पर्दै आएका छन् भने सवारी साधन हिलोमा फस्ने गरेका छन् ।
महालक्ष्मी नगरपालिकाको सिद्धिपुर सडक पूरै हिलाम्मे हुँदा बिहीबार दिनभरि नै सवारी साधन जाममा परेका छन् । स्थानीय बालगोविन्द महर्जनले मुआब्जा लिएर पनि आफ्नो घर अगाडिबाट पानी बग्न नदिएपछि ग्वार्को–लुभु आवातजावत गर्ने सवारी साधनको बिचल्ली हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।
एक स्थानीयका अनुसार महर्जनले आफ्नो घर अगाडिबाट वर्षाको पानी बग्न नदिएर सडक क्रस गराएर वर्षाको पानी सडकमा हालेका हुन् । स्थानीयले नगरपालिका र स्थानीय प्रशासनले वर्षाको पानी सडकमा हाल्ने बनाउँदा पनि मुकदर्शक बनेको भन्दै आक्रोस पोखेको राजधानी दैनिकमा खवर छ ।