Logo

कोरोना संक्रमितको पीडाः ‘गाउँ नै सखाप बनाउने भइस् भन्छन्’



हेटौंडा, ३० साउन । कोभिड–१९ बाट संक्रमित, उनीहरुको परिवार, यसका कारण आर्थिकरुपमा कष्ट भोग्ने वर्गको हितमा काम गर्ने बेला हो यो । यदि मानिस भएर यस्तो बेला केही सेवा गर्न सकिएन भने दायित्व पूरा भएको नठहरिने भएकोले स्थानीय, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दिनरात लागिपरेका छन् ।

प्रेम र सहानुभूति वा दया मानिसको आबश्यकता हो, बिलासिता हैन । किनकि, यी दुईबिना मानवता बाँच्न सक्दैन । तर, हेटौंडाका कोरोना संक्रमितले भने यस्तो बेला पनि आफूहरुलाई समाजले नकारात्मक दृष्टिले हेरेको भन्दै गुनासो गरेका छन् । कोरोनाको मुख्य औषधि भनेकै आफूले आफूलाई बुझाएर रोगसँग लड्ने क्षमता विकास गर्ने हो । तर, केही फोनका कारण आफूहरु तनावमा रहनुपरेको संक्रमितले गुनासो छ ।

कोभिड–१९ संक्रमित र उनीहरुका परिवारलाई अरु बेलाभन्दा यस्तो बेला धेरै सहयोग, सहानुभूति र मायाको खाँचो पर्छ । तर, यसको विपरीत समाजमा उनीहरुलाई हेर्ने दृष्टि नकारात्मक छ । उनीहरुलाई यसरी हेरिँदै छ कि मानौं उनीहरु आफैंले कोभिड–१९ संक्रमण खोजीखोजी ल्याएका हुन् ।

हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डमा रहेका संक्रमितलाई आफ्ना छरछिमेकबाट अपहेलित व्यबहार भएको गुनासो गरेका छन् । आइसोलेसनमा उपचाररत् एक संक्रमितले छरछिमेकबाट फोनमार्फत् आफूलाई ‘गाउँ नै सखाप बनाउने भइस्’ भन्ने जस्ता आरोप लगाउने गरेका कारण आफू तनावमा रहेको गुनासो पोखेका खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्