Logo

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने



काठमाडौं, साउन ३० । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।

गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिने भएको हो ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारी भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्