काठमाडौं, ३० साउन ।
छोरी भएर जन्मिनु अभिशापै हो भने बरिलै नजन्माई देऊ सृष्टिले…।
यो डिजिटल बजारमा बहुचर्चा पाएको प्रकाश सपूतको गीत हो । यसमा देवी घर्तीले स्वर दिएकी छन् । छोरी जातिमाथि भइरहेको यौनजन्य घटनालाई गीतमा सशक्त रूपमा उजागर गरिएको छ । कञ्चनपुरकी निर्मला पन्तलाई यही गीतले फेरि एकपटक सम्झाएको छ । न्याय नपाएकी निर्मला अनि उनीहरूका निमोठिएका सपना, फुल्नै नपाई ओइलिएका रहर अन्ततः सिकारीको जालमा परे । गुहारे तर कतैबाट गुहार नपाएपछि अन्ततः प्राणपखेरू नै उडाइयो । यिनै विषयलाई सपूतले ‘बदला बरिलै’ गीतमा उतारेका छन् ।
लकडाउन भएयता हामी कपिलवस्तुमै छौं । छोरीहरूको पढाइ सुचारु हुन नसकिरहेको अवस्थामा काठमाडौं गइरहनुपर्ने आवश्यकता पनि देखिनँ । बारम्बार बिजुली गइरहन्छ । तैपनि नानीहरूको अनलाइन कक्षा चलिरहेको छ । एक बिहान चिया लिएर टीभी कोठा छिरें । टीभीमा राजधानीमा भएको एसिड आक्रमणको समाचार प्रसारण भइरहको थियो । सानी छोरीले सोधिन्, ‘मामु, एसिड भनेको के हो रु ’ मैले भन्न नपाउँदै ठूली छोरीले भनिन्, ‘जलाउने केमिकल त होला नि ।’ समाचारमा भनिएअनुसार ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की एसिड आक्रमणमा परेकी थिइन् ।
आफ्नो जिन्दगी सपार्न भन्दै काठमाडौं आएकी छोरीको यो खबरले उनको परिवारमा के बित्यो होला रु मनमा अनेक तर्कना उठे । सुन्दा पनि कुनै फिल्मको कथाजस्तो लाग्ने । कुनै युवती मन परे प्रेम प्रस्ताव राख्ने, स्विकारे ठिकै छ, नत्र मनमा कुण्ठा पाल्ने । प्रेम स्वीकार नगरेका कारण नै जिन्दगी बर्बाद गर्दिने । ‘पख्, मेरो नभए कसैको हुन दिन्न’ भनेर हात धोएरै पछि पर्ने । अन्तिमसम्म पिछा गर्ने, नसके परिवारलाई धम्क्याउने, बाटो छेक्ने, जबर्जस्ती गर्ने, अब उपाय छैन जस्तो देखेमा खल्तीमा एसिड बोकेर हिँड्ने अनि मौका मिल्नासाथ खन्याइदिने वाह कस्तो बहादुरी रु
एकतर्फी प्रेम अनि प्रेम अस्वीकार भएपछि कुण्ठा पालेर हिँड्ने । कुनै जोर नचलेपछि जघन्य अपराध गरेर आफूले जितेको भ्रम पाल्नेको जमातमा हाम्रा छोरीहरूले पिल्सिई रहनुपरेको छ । वीरगन्जकी मुस्कान खातुन, हेटौंडाकी विन्ध्यवासिनी कंसाकार अनि काठमाडौंकी संगीता थापामगर र जेनी खड्काका सपना एसिड प्रहारपछि उजाडिएको छ । ती बहिनीहरूले हिम्मत त गरिरहेकै छन् जिउने । आर्थिक पाटोको जिम्मा कसले लिइदिने ड्रेसिङ र अप्रेसन हुँदापिच्छेको आर्थिक भारले कति थिच्दो हो रु पुरुषवादी समाजमा उनीहरूको जलेको रूपमथि हुने टीकाटिप्पणी, काम गर्ने ठाउँको बहिष्करण, शारीरिक÷मानसिक पीडा दोस्रो व्यक्तिले महसुस गर्न सक्ला र यो खबर अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।