Logo

प्रचण्डको गन्तव्य प्रधानमन्त्री बन्नुसम्म मात्रै थियो : मुमाराम खनाल (भिडिओसहित)



काठमाडौं, ३० साउन । राजनीतिक विश्लेषक मुमाराम खनालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गन्तव्य प्रधानमन्त्री बन्नुसम्म मात्रै भएको टिप्पणी गरेका छन् । र, दाहालसँग देश बनाउने भीजन नभएको पनि उनको दाबी छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, उहाँसँग यो मुलुक बनाउने भीजन भएको भए त ? उहाँ शक्तिशाली प्रधानमन्त्री बन्नुभएकै हो । अहिलेका नेताहरुको प्रयोजन भनेको पूरानो सत्ता भत्काउनेसम्म हो । उहाँहरुले देश बनाउन सक्नुहुन्न ।

प्रस्तुत छ खनालसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्