Logo

कोरोना भाइरसविरुद्व भ्याक्सिन विकासमा रुसपछि चीन अग्रसर



एजेन्सी, ३१ साउन । रुस कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्ने पहिलो राष्ट्र बनेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले साउन २५ मा भ्याक्सिनलाई अनुमोदन गर्दै प्रयोगमा ल्याउने विषयमा जानकारी दिएका थिए । भ्याक्सिनको निर्माणमा अग्रसर रहेको शक्ति राष्ट्रहरु विशेषगरी रुस, अमेरिका, चीन र युरोप छन् ।

पहिलो भ्याक्सिन विकास भएपश्चात दास्रो स्थान कायम गर्ने दौडमा विभिन्न राष्ट्रहरु लागिपरेका छन् । चीन भ्याक्सिन निर्माण गर्ने दौडमा दास्रो स्थान कायम गर्न सक्ने चिनियाँ विज्ञहरुले विश्वास दिलाएका छन् । तीनवटा चिनियाँ कम्पनी सिनोभ्याक, बुहान इन्सिटिच्यूट अफ बायोलोजीकल प्रोडक्टद्वारा निर्मित सिनोफार्म र बेजिङ इन्सिटिच्यूट अफ बायोलोजीकल प्रोडक्टद्वारा निर्मित सिानेफार्म दौडामा अग्रसर रहेको देखिन्छ । चीनले सम्पूर्ण भ्याक्सिनको तेस्रो चरणको परिक्षण सुरु गरीसकेको जनाइएको छ ।

भ्याक्सिनको परिक्षणहरु सकारात्मक, प्रभावकारी र सुरक्षीत रहेको कम्पनीहरुले जनाइरहेको छ । चीन सरकारले मान्यता दिएसंगै उक्त खोपहरुलाई बजारमाल्याइ प्रयोग गरिने विषयमा कम्पनीहरु केन्द्रित भएका छन् । चिनियाँ भ्याक्सिनहरु यस वर्षको अन्तय सम्म आउने प्रतिबद्वता कम्पनीले लिएको छ । चीनले भ्याक्सिनलाई बजारमा ल्याउन र आफ्नो नागरिकमाथि प्रयोग गर्ने भएको जनाइएको छ ।

एक पटक लगाएको खोपको रकम २० युआन अथार्त २.८८ डलर र पर्नेछ । चीनले बजारमा भ्याक्सिन बिक्रि सुरु गरेमा चीनलाई १६ देखि २२ अर्ब चिनियाँ युआन नाफा हुने आँकलन गरिएको छ । त्यसैगरी चीनको स्वःउत्पादित भ्याक्सिनको बजार नाफा अधिकतम ७ अर्ब ५० करोड युआनसम्म हुने अनुमान लगाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ । माग बमोजिम उत्पादन भइनहाल्ने कारण भ्याक्सिनमा विपन्न देशका मानिसहरुको पहुँच तत्काल नहुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्