Logo

शेषनागमाथि विष्णु किन बस्छन्



भगवान विष्णुको अपार महिमाबारे शास्त्रमा वर्णन गरिएको छ । यो संसारका पालनकर्ता विष्णु हुन् । भगवान विष्णुले भक्तहरुको दुःख नष्ट गरिदिन्छन् । बिहीबारको दिनमा विष्णुको पुजा गर्नु बिशेष महत्व हुन्छ । उक्त दिनमा विष्णुले मानिसहरुको दुख कष्टको निवारण गर्छन् ।

भगवान विष्णु गरुडमा सवारी गर्छन् र क्षीर सागरमा शेषनाग माथि आराम गरिरहन्छन् । आज हामी विष्णु किन शेषनाग माथि आराम गर्छन यसको बारेमा चर्चा गर्नेछौ ।

कृष्ण सानो हुँदा बासुदेवले यमुना नदी पार गरेर गोकुलमा नन्दभवन पुर्याएका थिए त्यतिबेला शेषनागले आकाशबाट आएको पानीलाई रोकेर रक्षा गरेका थिए । शास्त्रमा शेषनागले भगवान विष्णुको रक्षा गर्ने काम गर्छन् भनिएको छ । यसको पछाडि एउटा ठुलो कारण भनेको विष्णुलाई आवश्यक उर्जा एकतृत गर्नमा मद्दत हुन्छ र उसैको कारण आफ्नो विचार पनि सहि तरिकाले व्यक्त गर्न सक्छन् ।

पुराणमा यस्तो पनि भनिएको छ, विष्णुको त्यो रुपले समयको मार्गदर्शक हो । यस अवतारमा उनले धरतीमा बढ्दै गएको पाप विनाश गर्नलाई शेषनागमाथि बसेमा ग्रह नक्षत्रमा नियन्त्रण भई उनले काममा सफलता पाउन सजिलो हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot