Logo

प्रधानमन्त्री ओलीको ट्विटः भारतीय जनतालाई उत्तरोत्तर प्रगती र समृद्धिको कामना



काठमाडौं, साउन ३१ । आज भारतले ७४औं स्वतन्त्राता दिवस मनाउँदै छ । ७४औं स्वतन्त्राता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ट्विटरमार्फत शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विटरमार्फत भारत सरकार र भातरका जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन्।

‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्