काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि गठित ६ सदस्यीय कार्यदलको बैठक जारी छ । ललितपुरको भैसेंपाटीमा एक घरमा कार्यदलको बैठक जारी रहेको नेकपाका एक नेताले जानकारी दिए ।
हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्तामा कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलको संयोजकमा नेकपा महासचिव विष्णु पौडेल छन् । सदस्यहरुमा पम्फा भुषाल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भीम रावल छन् । File Photo