Logo

काठमाडौंमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ सय ६८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै   ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ४ सय  ४७ जनाको पिसीआर परिक्षणमा  ४ सय ६८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८० जना र ललितपुरका ९ जना र भक्तपुरका ९ जना रहेका छन् । त्यसैगरी आज २४ घन्टामा १२४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार २ सय १ रहेको छ । देशभर कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्