Logo

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि



वीरगञ्ज, साउन ३२ । पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार एक जना सञ्चारकर्मी सहित ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये पर्साका ४५ र बाराका दुई जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला रहेका छन् ।

शनिबार थपिएकासहित
जिल्लामा कुल संक्रमितको संख्या एक हजार २ ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्