Logo

देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु : सिंह



काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन् । महाधिवेशनमा नेतृत्वमा आउन अहिले कांग्रेस शीर्ष नेताहरूले आ–आफ्नो तयारी गरिराखेको बेलामा नेता सिंहले यस्तो घोषणा गरेका हुन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सभापति शेरबहादुर देउवालाई असफल सभापतिको संज्ञा दिए । देउवाले पार्टीलाई एक ढिक्का बनाउन नसकेको र विधिसम्मत् ढंगले पार्टी सञ्चालन गर्न नसकेको पनि सिंहको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्