Logo

रुसले गर्ने भयो कोरोना भ्याक्सिनको तेस्रो चरणको परिक्षण



एजेन्सी, ३२ साउन । रुसले कोरोना भाइरसको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु गर्ने भएको छ । एन.एफ गमालेया संघीय अनुसन्धान केन्द्रद्वारा निर्मित कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई तेस्रो चरणको परिक्षणमा लगिने भएको हो ।

भ्याक्सिनको तेस्रो चरणको परिक्षण सात देखि दश दिनभित्र शुरु गर्ने खोप निर्माता कम्पनीका निर्देशक एलेक्जेन्डर गिन्ट्सबर्गले रुसी सञ्चार माध्यम तासलाई जानकारी गराएका हुन् । तेस्रो चरणको परिक्षणमा दशौँ हजार मानिसहरु सहभागी हुने भएको जनाइएको छ । भ्यक्सिनको मापडण्ड पूरा गरी यसलाई परिक्षणको दायरामा ल्याउन रुसी स्वास्थ्य मन्त्रालयको अनुमतिको पर्खाईमा कम्पनी रहेको जनाइएको छ । मन्त्रालयलले तेस्रो चरणको परिक्षण गर्नदिन साकारात्मक रहेको कारण अगामी साताबाट खोपको परिक्षण शुरु गर्ने जनाइएको छ ।

भ्याक्सिनले मान्यता पाउँनासाथ करिब दशौँ हजार मानिसहरु तेस्रो चरणको परिक्षणमा सहभागी हुने कम्पनीका निर्देशकले जनाएका छन् । गमालेया अनुसन्धान केन्द्रद्वारा निर्मित स्पुटनिक भी भ्याक्सिन कोरोनाविरुद्व पहिलो खोप हो । उक्त भ्याक्सिनलाई अनुमोदन रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले साउन २५ मा गरेका थिए । रुसी स्वास्थ्य मन्त्रालयले हिजो मात्रै भ्याक्सिनको उत्पादन गर्न अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्