Logo

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा   ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्