Logo

होटलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ



बारा, ३२ साउन । कौडा खेलिरहेको अवस्थामा ७ जना नगदसहित पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मानबहादुर लोप्चन, मान बहादुर गुरुङ, सर्लाही बागमतीका तारा कुमार श्रेष्ठ, बारा परवानीपुरका जयराम दास, कलैयाका बिनोद प्रसाद यादव, सल्यान बढीमालिका भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसेका पदम नेवार रहेका छन् ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । File photo



प्रतिक्रिया दिनुहोस्