Logo

यी ५ यज्ञ गर्दा सबैभन्दा ठुलो पुण्य र लाभ प्राप्त हुने



वेदअनुसार यज्ञ पाँच प्रकारका हुन्छन् । ब्रह्मयज्ञ, देवयज्ञ, पितृ यज्ञ, वैश्यदेव यज्ञ र अतिथि यज्ञ । उक्त ५ यज्ञको बारेमा पुराण र अन्य ग्रन्थमा चर्चा गरीएको छ । यज्ञको अर्थ आगोमा घ्यु हालेर मन्त्र पढ्नु होइन् । यज्ञको अर्थ–शुभ कार्य, सतकर्म र वेदसम्मत कर्म । सकरात्मक भावबाट ईश्वर–प्रकृति तत्वबाट गएको आह्वान गरेर जवनको प्रत्येक इच्छा पुरा हुन्छ ।

ब्रहयज्ञः प्राणी जगतभन्दा ठुलो हो मानिस । मानिस भन्दा ठुलो पितृ वा माता पिता र आचार्य । पितृ भन्दा ठुलो हो देव वा प्रकृतिको पाँच शक्ति, देवी–देवता र देवभन्दा ठुलो हो ईश्वर र हाम्रा ऋष्गिण । नित्य सन्ध्यावन्दन, स्वाध्याय तथा वेदपाठ गरेपछि ब्रह यज्ञ सम्पन्न हुन्छ । यसबाट ब्रहचर्य आश्रमका जीवन पनि पुष्टि हुन्छ ।

देवयज्ञः देवयज्ञ सत्संग तथा अग्निहोत्रबाट सम्पन्न हुन्छ । हवन गर्नेलाई देवयज्ञ भनिएको छ । हवनमा सात रुखको पात सबैभन्दा उपयुक्त हुन्छ । आँप, बर, पिपल, जामुन, स्वामी । यस हवनले शुद्धता र सकारात्मकता बढाउँछ । रोग र शोक हटाइदिन्छ । गृहस्थ जीवन पूर्ण बनाउँछ ।

पितृयज्ञः सत्य र श्रद्धाबाट गरिएको कर्म श्राद्ध र जुन कर्मबाट माता पिता र आचार्य तृप्त हुन्छ त्यही तर्पण हो । वेदनुसार श्राद्ध–तर्पण हाम्रा पुर्वज, माता पिता र आचार्य प्रति सम्मानको भाव हो । यो यज्ञ सम्पन्न गर्नाले सन्तानउत्पति भई पितृ ऋण पनि चुक्ता हुन्छ ।

वैश्वदेव यज्ञः यसलाई भुत यज्ञ पनि भनिन्छ । पञ्च महाभुतबाट मानव शरीर बनेको हुन्छ । सबै प्राणी तथा वृक्षहरुको करुणा र कर्तव्य सम्झिएर उनीहरुलाई अन्न र जल दिनेलाई नै भुत यज्ञ भनिन्छ । भोजन कक्षमा भोजनार्थ सिद्ध भई रहेको केहि भाग आगोमा होम गरेर जसलाई भोजन पकाइन्छ । फेरी केही भाग गाई, कुकुर र कोवलाई दिनुपर्छ ।

अतिथि यज्ञः अतिथिबाट अर्थ पाहुनाको सेवा गर्नु अन्न र जल दिने । अपांग, महिला, विद्यार्थी, चिकित्सक, सन्यासी र धर्मको रक्षाको लागि सेवा गर्नु नै अतिथि यज्ञ हो । यसबाट सन्यास आश्रम पुष्ट हुन्छ । यहि पुण्य हो । यहि समाजिक कर्तव्य हो ।

अन्तमा उक्त पाँच यज्ञलाई नै पुराणमा अनेक प्रकार र उप–प्रकार दिइएको छ र जसको फरक–फरक नाम दिएर विधि पनि अलग गरिएको छ । तर मुख्यत यी पाँच यज्ञ नै मानिन्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्