Logo

नेकपा विवाद समाधानको आधार तयार गर्न सचिवालय बैठक 



काठमाडौं, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकले पार्टी विवाद समाधानको खाका बनाउन गठन गरेको कार्यदलको कार्यदेश तय गर्नेछ ।

पार्टीभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयले मात्र कार्यदल गठन गरेको भन्दै आलोचना भएपछि सचिवालयबाट निर्णय गराएर कार्यदेश समेत निर्धाण गर्न लागिएको बुझिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जर्नादन शर्मा र पम्फा भुषाल छन् ।

कार्यदलले पार्टीको विवाद समाधान गर्न खाका तयार गर्ने गरी काम बढाइसकेको छ । नेकपाभित्र डेढ महिनायताको विवाद समाधानका लागि अर्ली महाधिवेशन, मन्त्रिमण्डल पुर्नगठन, पार्टी संरचनामा फेरबदललगायतका विषय समेटेर खाका बनाउने तयारी भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्