Logo

कोरोनाबाट उत्तर प्रदेशका अर्का एक मन्त्रीले ज्यान गुमाए



काठमाडौं, भदौ १ । कोरोना भाइरस संक्रमणबाट भारतका उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ।

उनी सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री एवम पूर्व क्रिकेटरसमेत थिए। ७३ वर्षीय मन्त्री चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतवार मृत्यु भएको हो। उनको स्वास्थ्य अवस्था शनिवार निकै नाजूक अवस्थामा पुगेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनको अन्त्येष्टि भोली हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot