Logo

नेकपा विवाद समाधानको खाका बनाउन गठित कार्यदल अनुमोदन



 

काठमाडौं, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन गरेको छ । आज बसेको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

थापाले भने, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ । उनले कार्यदलले प्रतिवेदन अध्यक्षद्वय समक्ष प्रस्तुत गर्ने र बैठकमा आउने बताए । कार्यदलको सुझाव सचिवालय बैठक बसी छलफल गरिने बुझिएको छ । सचिवालयले अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्ने गरी तय भएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी विवाद समाधानको खाका बनाउन गठन गरेको कार्यदलको बारे गम्भीर छलफल गरेको थियो । पार्टीभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयले मात्र कार्यदल गठन गरेको भन्दै आलोचना भएपछि सचिवालयबाट निर्णय गराएर अनुमोदन गरेको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जर्नादन शर्मा र पम्फा भुषाल छन् ।-Photo Source: PM Secretariat



प्रतिक्रिया दिनुहोस्