काठमाडौं, १ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आज आफूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा रावलले प्रधानमन्त्री ओलीलाई भेटेको कुराहरु आएपछि रावलले यस्तो स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा रावलले आफूले आज प्रधानमन्त्री ओलीलाई नभेटेको जिकिर गरे । उनले भने,‘मैले प्रधानमन्त्रीलाई आज भेटेको छैन् । म बालुवाटार गएको छैन् ।’