Logo

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क र नाफा दुबै घट्यो



काठमाडौँ, १ भदौँ । राष्ट्रिय बीमा कम्पनी (RBCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधीसम्ममा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड २७ लाख रुपैयाँ कम हो ।अघिल्लो आर्थिक वर्षको यसै अवधीसम्ममा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २२ करोड ४५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२ करोड ४१ लाख रुपैयाँ कम हो ।

कम्पनीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नविकरण बीमाशुल्क समयमै संकलन गर्न नसक्दा खुद बीमाशुल्क घटेको जनाएको छ । अघिल्लो अर्थिक वर्षको असार सम्ममा कम्पनीले ३४ करोड ८७ लाख रुपैयाँ खदु बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट १७ करोड ४८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २२ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले १५ हजार ९३० वटा बीमालेख जारी गरी १ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । यस्तै यस अवधिमा कम्पनीका ७ हजार ४६९ बीमालेखहरु नविकरण भएका छन् ।

कम्पनीले एक हजार ५२७ वटा दाबी बापत ९ करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३९ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १ हजार २१३ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३८।४१ गुणा छ ।-मेरोलगानी



प्रतिक्रिया दिनुहोस्