Logo

अहिले सम्मकै धेरै ‘डिस लाइक’ आएको भिडियो ट्रेन्डिङ नं १ मा



एजेन्सी, १ भाद्र । बलिउड चलचित्र जगतमा बिरोध भएको ‘सडक २’ फिल्मको ट्रेलर युट्युबमा १ नम्बरमा परेको छ । ट्रेलरको भिडियोलाई अहिलेसम्म ११ करोडले डिस लाइकं गरेका छन् । लाइक गर्ने भन्दा डिस लाइक गर्नेको सख्या अत्याधिक छ ।

१२ अगष्ट मा रिलीज गरीएको उक्त ‘सडक २’को ट्रेलर लाई भारतीय सामाजिक सञ्जालमा परिवारवाद लाई मलजल गरेको नाममा विरोध गरिएको छ । अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि यो विषयले बलिउड तातेको छ ।

आलिया भट्टको पिता महेश भट्टले निर्माण गरेको फिल्म ‘सडक २’ मा आलिया सँगै पुजा भट्टको साथमा सन्जय दत्त, निर्माता सिद्धार्थ रोय कपुरका भाई आदित्य रोय कपुरको पनि अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्