Logo

नाला सफा गर्ने विषयलाई कुटपिट हुँदा वृद्धको मृत्यु



कपिलवस्तु, १ भाद्र । स्थानीयको कुटपिटबाट एक वृद्दको मृत्यु भएको छ । मायादेवी गाउँपालिका सानो नन्दनगरका हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको हो । घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा ३ जना घाइतेहरुलाई प्रहरीले उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको जनाएको छ । अन्य २ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्