Logo

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ



पर्सा, १ भाद्र । लागूऔषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिकाका अम्बिका साह कलवार आइतबार दिउँसो पक्राउ परेका हुन् ।

२०६९ फागुन २० गते कलवारको घर तलासी गर्दा घरमा २० वटा टिनको ड्रममा लुकाई छिपाई गरी राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ८ सय केजी प्रहरीले फेला परेको थियो । घटना पश्चात फरार उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्