Logo

अक्षय कुमारले १२३ करोड कमाए



एजेन्सी, १ भाद्र । बलिउड अभिनेता अक्षय कुमार आफ्नो फिल्मसँगै फिल्म रिलीज भइरहेकोले पनि हाल निकै लोकप्रिय भएका छन् । अक्षय कुमार एक फिल्मलाई धेरै समय दिनुको सट्टा अर्को फिलम रिलीजमा जोड दिने गर्छन् । यसैको कारण अक्षय कुमारले ३ देखि ५ फिल्म रिलीज गर्दैछन् । उनले आफ्नो फिल्म बक्स अफिसमा भने राम्रोसँग प्रदर्शन गर्छन् । फोब्सले लगातार धेरै फिल्म र महंगो शुल्क लिने कारणले धेरै कमाउने सुचीमा राखेको हुन्छ ।

भर्खरै मात्र फोब्सले जारी गरेको धनी र महंगो कलाकारको सुचीमा अक्षय कुमारलाई राखेको छ । अक्षय कुमार मात्र भारतीय कलाकार हुन् जसको नाम फोब्सले सुचीमा राखेको छ । फोब्सको ताजा सुची अनुसार बलिउडको सबैभन्दा महंगो अभिनेता अक्षय कुमार हुन् र उनी विश्वभरको कलाकारको सुचीमा छैठौ स्थानमा छन् ।

२०२० मा कुनै फिलिम रिलीज नहुँदा पनि उनले ३६५ करोड रुपैयाँ कमाएका छन् । धेरै कमाउनेको सुचीमा ६ नम्बरमा राखेको छ । अक्षयको अधिकतम कमाई अनुबन्धित हुँदा हुने बताइएको छ । उनको यो कमाई २०१९ बाट २०२० जुनसम्मको हो । यति समयमा उनदले ३ सय ६५ करोड रुपैयाँ कमाएका हुन् । तर पछिल्लो वर्षको तुलनामा भने यो वर्ष कम कमाई गरेका हुन् । अघिल्लो वर्षमा ४८० करोड रुपैयाँ कमाएर उनको स्थान चौथौ नम्बरमा थियो । उनले यो वर्ष १२३ करोड रुपैयाँ कम कमाई गरेका हुन् ।

२०१७–२०१८ लिस्टको आधारमा अक्षय कुमारको ४० मिलियन डलर कमाएका थिए । यस वर्ष कोरोना भाइरसको कारण उनलाई पनि असर गरेको छ । अक्षयको अहिले एक फिल्म पनि रिलीज भएको छैन । यसको असर चललित्र क्षेत्र उद्योग नै प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्