Logo

कारागारका कैदीमा कोरोना पुष्टि, १५० कैदी बन्दीमा त्रास



 

स्याङ्जा, २ भाद्र। एक महिना पहिला जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीमा देखिएको कोरोना भाइरसको सङक्रमण कारागारमा पुगेको छ । सोमबार साझ जबरजस्ती करणी मुद्दामा चार बर्षदेखि जिल्ला कारागारमा रहेका ६० बर्षिय एक कैदीमा कोरोना पोजेटिभ देखिएको हो ।

कारागारका कैदीलाई एक हप्ताबाट ज्वरो तथा रुघाखोकी देखिएर औषभि खादाँ समेत निको नभएपछि आइतबार पीसीआर टेष्टको लागि स्वाब लिइएको थियो । कैदीबाट लिइएको स्वाब परीक्षणमा कोरोना भेटिएपछि निषेधाज्ञाका बीच थप त्रास फैलिएको छ । सुरक्षा प्रमुख सहित ४१ जना सुरक्षाकर्मीमा कोरोना देखिए पछि यहाँ साउन १३ गतेबाट निषेधाज्ञा रहेको छ ।
कारागारमा ३९ मुद्दाका १५० कैदी बन्दी बस्ने गरेका छन् भने प्रहरीमा कोरोना भेटिएपछि सुरक्षा समेत नेपाली सेनाले दिइ रहेको छ ।

कैदीमा कारोना सगै सुरक्षा दिएको नेपाली सेना र नेपाली सेनाको गुल्म सङक्रमण पुगेको आशंका गरिएको छ । प्रहरीमा कोरोना देखिएपछि भित्र बाहिर निश्कन बन्द गरेको बताउदै जेलर चुडा मणी भण्डारीले कसरी कोरोना पोजेटिभ कारागारमा पुग्यो अनौठो लागेको बताउनुभयो ।

सुरक्षाकर्मीमा कोरोना देखिएपछि हिरासद आउनेलाई पीसीआर गरेको बताउदै भण्डारीले नेगेटिभ नभएको कसैलाई पनि भित्र आउन नदिएको र भेट्न समेत नदिको बताउनुभययो ।
कैदीमा सङक्रमण पुगेसगै स्याङ्जामा कोरोना सङक्रमितको संख्या ३०४ पुगेका छ भने १७२ जना निको भएर घर फिर्ता भएका छन् । कोरोनाका कारण दुई जनाको निधन भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्