Logo

वामदेवको प्रश्‍न, ‘हामी नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हौँ ?



काठमाडौं, २ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले कार्यदल गठनप्रति लक्षित गर्दै नेतृत्वमा रहेका व्यक्ति असफल भएका हौँ भन्दै प्रश्‍न गरेका छन्। सोमबार सचिवालय बैठकमा उनले सचिवालयले सिर्जना गरेका समस्या सचिवालयबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका हुन्। उनले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? भन्दै प्रश्न गरेको एक नेताले बताए।

‘आफू सचिवालयले सिर्जना गरेका समस्या समधानका उपायहरू आफैंले पत्ता लगाउनुको सट्टा, अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति ९नेतृत्वहरु० असफल भएकै हौ रु’,बैठकमा गौतमले प्रश्न गरेका थिए।

‘सकेसम्म आफूद्वारा सिर्जित समस्या आफैं समाधान गर्नुपर्थ्यो भन्ने उहाँको आशय हो’, गौतमलाई उद्दृत गर्दै उनी निकट पत्रकार विश्वमणि सुवेदीले भने,‘कार्यदल प्रति कुनै विरोध वा असहमति होइन।’ बैठकमा उपाध्यक्ष गौतमले कसैको राजीनामा नमागेको बताए।

शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन भएको थियो। कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot