Logo

एसईईको नतिजा सार्वजनिकः ग्रेड सार्वजनिक गरिएन



काठमाडौं, २ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले तोकेको समयभन्दा करिब दुई सातापछि परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डले शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी पठाएको विवरण संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको जनाएको छ । बोर्डले यो वर्ष इकाइले दिएको अंकलाई अक्षरांक पद्धतीमा प्रमाणीकरण गरेको कारण कुनै पनि विद्यार्थीको ग्रेडिङ सार्वजनिक नगरेको जनाएको छ ।

परीक्षा नियन्त्रक एसईई रामराज खकुरेलले अब वेवसाइट तथा विभिन्न माध्यमबाट परीक्षाफल हेर्ने विद्यार्थी आफैंले ग्रेड छुट्टयाउने काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले प्रमाणीकरण मात्र गरेकाले ग्रेड छुट्टयाउन आवश्यक भएन ।’

बोर्डले कोभिड–१९ का कारण भीडभाड हुन सक्ने भन्दै जीपीए सार्वजनिक नगरेको हो । बढी ग्रेड आएका विद्यार्थीलाई नाम चलेका विद्यालयले तान्ने प्रवृत्ति रोक्न ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० सार्वजनिक नगरेको हो । यो वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन भरेकोमा ४ लाख ७२ हजार ७८ हजार विद्यार्थीको मात्र प्रमाणीकरण भएको छ । १० हजार ९ सय ८ विद्यार्थीले परीक्षा दिएका थिएनन् ।

परीक्षाफल प्रकाशित गर्नुअघि बोर्डका अध्यक्ष र उपाध्यक्षसहित १३ जनाले सोमबार बिहान ९ बजेदेखि ९नमुना कपी० डमीकपी हेर्नुका साथै परीक्षाको विश्लेषण गरेका थिए । दिनभर परीक्षाफल प्रशाशित गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल थियो । बोर्डले सबै तयारी भइसकेको अवस्थामा परीक्षाफल रोक्नु आवश्यक नभएको भन्दै ४ बजे बोर्ड बैठक बोलाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । यो वर्षदेखि विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र दिने निर्णय गरेको थियो । सोही आधारमा परीक्षाफल प्रकाशित भएको हो ।

बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ लाई ए, ७० देखि ७९ लाई बी प्लस, ६० देखि ६९ सम्म बी, ५० देखि ५९ सी प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनेलाई सी ग्रेड दिने व्यवस्था छ । तर सार्वजनिक रुपमा ग्रेड छुट्टयाइएको छैन ।

बोर्डले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेवासाइटमा सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरेपछि ग्रेड तथा स्तरीकृत अङ्क ९जीपीए० हेर्न सक्ने उल्लेख गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख थियो । त्यसैको आधारमा विद्यालयले पठाएको नम्बरको आधारमा इकाइले प्रमाणीकरण गरी बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले यो वर्ष ३ जनाको परीक्षा स्थगित गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot