Logo

अनलाइन कक्षामा छात्रा न्यून



काठमाडौं, भदौ २ । इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ।

यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो। कोरोना संक्रमण जोखिमका कारण लकडाउनयता सुरु भएको अनलाइन कक्षामा विद्यार्थीको सहभागिताले यस्तो रहस्य खोलेको हो।

नेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच अपेक्षित रुपमा पुग्न नसकेको देखिएको छ।

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन स्कुलमा १० कक्षाका विद्यार्थीका लागि सञ्चालित अनलाइन कक्षामा सोमबार ८६ जना विद्यार्थी सहभागी थिए। उनीहरूमध्ये ५८।१३ प्रतिशत छात्र र ४१।८६ प्रतिशत छात्रा रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।

उनले कक्षा सकिएपछि नागरिकसँग भने, ‘अभिभावकलाई छोरीलाई पनि इन्टरनेट चल्ने मोबाइल किनिदेऊ भन्दा छोरी फेसबुक चलाएर बिग्रे जिम्मेवारी कसले लिने भन्छन्। मैले सम्झाउँदा किताब पढे पुगिहाल्छ भन्ने गरेका छन्।’

अझै पनि छोराको पढाइ रोके संसारै बिग्रने र छोरीको अध्ययनमा बाधा पुग्दा कुनै असरै नपर्ने सोच भएका अभिभावक भेट्दा दुःख लाग्ने गरेको उनले बताए।

विश्वनिकेतनमै कक्षा ९ मा अध्ययनरत एक छात्रकी आमा रजनी यादवले छोरीलाई नेटसहितको मोबाइल नदिने बताइन्। ‘आज म स्कुलमा किताब लिन आएकी। छोरी स्कुल नखुलेसम्म किताब पढेरै सिक्छिन्,’ उनले भनिन्, ‘नेट भएको मोबाइल त म दिन्नँ। गलत बाटो गए परिवारमा नराम्रो हुन्छ।’

कलंकी बस्ने सुस्मिता श्रेष्ठका बुवाले कक्षा ८ पढ्ने छोरालाई अनलाइन कक्षाकै लागि नेट चल्ने आफ्नो मोबाइल सेट दिए। तर सुस्मिताले पाइनन्। आमाबुवाको यस्तो व्यवहारले सुस्मिता निराश बनिन्। ‘भाइको कक्षा बिहान १० बजे सुरु हुन्छ, साढे एक बजे सकिन्छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot