Logo

संवैधानिक अंगमा नियुक्ति गृहकार्य



काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि संवैधानिक अंगहरूमा रिक्त पदाधिकारी नियुक्तिका लागि गृहकार्य थालेका छन् ।

आफ्नो पार्टी नेकपाभित्रको आन्तरिक विवाद तत्कालका लागि समाधान उन्मुख देखिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक अंगमा रिक्त पदाधिकारी नियुक्तिका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल थालेका छन् ।

मन्त्रिपरिषद् हेरफेरदेखि नियुक्तिहरू भागबन्डामा गरेर पार्टीभित्रको विवाद सुल्झाउन सक्रिय ओलीले सोमबार कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर छलफल गरे ।

ओलीले संवैधानिक अंगहरूमा रिक्त पदाधिकारी छिट्टै नियुक्त गर्नुपर्ने भन्दै सहयोग गर्न देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । केही संवैधानिक अंगमा कांग्रेसको सिफारिसमा पनि सदस्य नियुक्त गर्ने आशयसहित ओलीले सहयोगका लागि देउवालाई आग्रह गरेको स्रोतले बतायो ।

देउवाले संवैधानिक अंगहरूमा नियुक्तिका विषयमा आफू छलफल गर्न तयार रहेको तर त्यसभन्दा पहिला कोरोना नियन्त्रण र बाढीपहिरो प्रभावितलाई राहत वितरणमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेको कांग्रेससम्बद्ध स्रोतले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot