Logo

आफ्नै साथीको छोरीलाई यौन दुव्र्यवहार गर्ने गोरखा सैनिकलाई साढे दुई वर्ष कैद



लण्डन, भदौ २ । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।

राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् ।

गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।

आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ ।

बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् ।

घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन्। राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनले आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्