काठमाडौं, २ भदौ । भारतीय कंग्रेस आईका बरिष्ठ नेता मणिशंकर अय्यरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता होस भनेर आफूले आशा राखेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ऐरले यस्तो बताएका हुन् । तर, वार्ता हनेमा आशंका रहेको उनको भनाई छ । गत नोभेम्बर महिना देखि अहिले अगष्टसम्म आईपुग्दा भारतीय सरकारले आफ्नो छिमेकसँग वार्तालाप नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘हो, यही हो मेरो मनमा भएको सबैभन्दा ठूलो शंका ।’