Logo

विद्युत प्राधिकरणभित्रको संरचनाहरूलाई सुधार गर्न अझै धेरै बाँकी छ : कुलमान घिसिङ



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैको साझा प्रयासले प्राधिकरण आज नाफामा गएको स्पष्ट पारेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘ विगत ४ वर्षदेखि नाफामा आएको छ । विद्युत प्राधिकरणले गर्नुपर्ने दायित्व लोडसेडिङ्ग पनि अन्त्य भएको छ । यही उपलब्धिलाई हामीले अहिले विद्युत प्राधिकरणका तमाम कर्मचारीहरूको संयुक्त प्रयास, हामी सबैको प्रयासले सफल भएको छ ।’ तर, प्राधिकरणमा अझै यसभित्रको संरचनाहरूलाई सुधार गर्न बाँकी रहेको पनि उनले आवश्यकत्ता औंल्याएका छन् । प्रस्तुत छ घिसिङसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईलाई म बधाई दिन चाहन्छु । चमत्कार गर्नुभयो । ४ वर्षमा तपाईले प्राधिकरणलाई नाफा नै नाफाको संस्था बनाउनुभयो, कसरी ?

यो चमत्कार केही होइन । हामी सबैको प्रयास हो । संयुक्त प्रयासले नै केही काम भएको छ । विद्युत प्राधिकरणभित्रको लामो समयदेखि प्राधिकरण घाटामा थियो । विगत ४ वर्षदेखि नाफामा आएको छ । विद्युत प्राधिकरणले गर्नुपर्ने दायित्व लोडसेडिङ्ग पनि अन्त्य भएको छ । यही उपलब्धिलाई हामीले अहिले विद्युत प्राधिकरणका तमाम कर्मचारीहरूको संयुक्त प्रयास, हामी सबैको प्रयासले सफल भएको छ ।

नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको छ । प्राधिकरण सार्वजनिक संस्थामध्येकै सबैभन्दा बढी नाफा कमाउने संस्था कसरी भयो ?

योभित्र लामो समयदेखि विद्युत प्राधिकरण घाटामा थियो । करिब ३५ अर्व जति संञ्चित कार्ड नै थियो । म आउने बेलामा २०७२÷७३ जुन आर्थिक वर्ष थियो, त्यसबेलामा करिब ८९ करोड जति घाटामा थियो । यो बीचमा हामीहरूले धेरै प्रयासहरू ग¥यौँ, प्राधिकरणलाई घाटाबाट नाफामा ल्याउनको लागि । यसमा विभिन्न प्रयासहरूमध्येमा यो चुहावट कम, नियन्त्रण गर्ने क्रममा करिब २६ प्रतिशतको चुहावटलाई हामीले १५ प्रतिशतमा झारेका छौँ । त्यो भनेको करिब ८ अर्व जति हामीलाई बचत भएको छ । त्योभित्रको खर्च, कटौती, सेल्स छ, विक्रीमा हाम्रो धेरै बढोत्तरी भएको छ । करिब ७०-८० प्रतिशत हाम्रो विक्रीमा बढोत्तरी भएको छ । यीसबै कारणले गर्दाखेरि प्राधिकरणको नाफा बढेको छ । हामीले प्राधिकरणको नाफालाई कायम गर्दै विद्युत प्राधिकरणले ग्राहकको पहिलोपटक ग्राहस्थ ग्राहकहरूलाई महशुल पनि घटाएका छौँ । करिब ८-९ प्रतिशत महशुल घटाएका छौँ । ग्रामीण क्षेत्रको १० युनिटसम्म खपत गरेको ग्राहकको लागि इनर्जी शुल्क निःशुल्क गरिएको छ । न्युनतम चार्ज ३० रूपैयाँ तिरे पुग्ने गरेर व्यवस्था गरिएको छ । यो प्राधिकरणको इतिहासले हामीले जुन रेट, महशुल घटाएको पनि पहिलो नै हो ।

विगतमा धरासयी बनेको प्राधिकरण अहिले मजबुत बन्दै गएको छ । यसमा तपाईको भूमिका मुख्य कारण हो भनेर धेरै जनताले भनेका छन् । लोडसेडिङ्ग अन्त्य गर्न तपाईले आफ्नो ४ वर्ष कार्यकालमा बसेर सफलता हाँसिल गर्नुभयो र देशलाई लोडसेडिङ्गमुक्त पनि बनाउनुभयो । यो सफलताका पछाडिका पात्रहरू को–को छन् ?

सबैको साथबिना कुनैपनि सफलता प्राप्त हुनसक्दैन । सबैको सहयोग छ । सम्माननीय प्रधानमन्त्री, सरकारका मन्त्रीज्युहरू, बोर्ड, आम कर्मचारीहरू, टिम, यी सबैको सहयोगबिना हामी सफल हुन सक्दैनौँ । एक्लो प्रयासले यो सबै कुरा गरियो भनेर म भन्दिनँ । केही न केही परिवर्तन गर्न लिडरशीप चाहिन्छ तर त्यो लिडरशीपले यसले काम गर्छ, यसलाई सर्पोट गर्नुपर्छ भनेर जुन पछाडि बसेर सर्पोट गर्नेहरू हुन्छन्, उहाँहरूको ठुलो हात हुन्छ ।

विगतमा विद्युत प्राधिकरण घाटामा जानुको कारण भनेको त्यहाँ चुहावट, भ्रष्टाचार र अनियमितता थियो । तपाईं आइसकेपछि त्यस जालोलाई तोड्न, निमिट्यान्न पार्न तपाई सफल हुनुभयो । अब चुहावट छैन नेपाल विद्युत प्राधिकरणमा ?

मैले विद्युत प्राधिकरण एकदमै सफा भईसकेको छ, संस्थाभित्र एकदमै त्यस्तो छैन भनेर भनेको छैन । प्राधिकरणभित्र पनि त्यस्ता केही कुराहरू रहन्छ नै । तर एकैचाटि सबै चीज सफा हुँदैन । सुधारको क्रममा हामी छौँ । धेरै सुधार भएको छ । अझैपनि सुधार गर्न बाँकी छ । त्यसभित्र हामीले जुन सुधार गरेर परिणामहरू दिएका छौँ, अझैपनि धेरै परिणामहरू दिनुपर्नेछ । दिन सकिने ठाउँहरू छन् । त्यसको सुधारको लागि सुशासन कायम गर्नुछ, जिम्मेवारीबोधका साथ बढीभन्दा बढी परिणामहरू निकाल्ने काम गर्नुछ । प्रविधिको प्रयोग गर्नुछ । नेपाल विद्युत प्राधिकरण सार्वजनिक संस्थानहरूमा कर्मचारी, पूर्वाधार, कभरेज, वर्क भोलुमको हिसाबले ठुलो संस्था हो । भित्रको संरचनाहरूलाई सुधार गर्न अझै धेरै बाँकी छ । क्रमिक रूपमा सुधार हुँदै अगाडि बढ्छ ।

विगतमा त्यहाँ ठुलो आर्थिक चलखेल, भ्रष्टाचार हुन्थ्यो । लोडसेडिङ्गको मूल जरो भनेको त्यही थियो । अहिले आएर तपाईले त्यो जरो उखेल्न सक्नुभयो कि भएन ?

२०७३ साल कात्र्तिक–मंसिरबाटै लोडसेडिङ्ग अन्त्य भयो । लोडसेडिङ्ग अन्त्य जुन हामीले ग्राहस्थ ग्राहकहरूमा अन्त्य ग¥यौँ, औद्योगिक क्षेत्रमा ३/४ घण्टा केही लोडसेडिङ्ग थियो २०७५ साल बैशाखसम्म । २०७५ साल बैशाखबाट औद्योगिक क्षेत्रको पनि हामीले लोडसेडिङ्ग अन्त्य ग¥यौँ । देशमा लोडसेडिङ्ग अन्त्य भएको घोषणा २०७५ साल बैशाखबाटै भएको हो । योभित्र धेरै कुराहरू छन् । व्यवस्थापनको विषय महत्वपूर्ण छ । योभित्र कर्मचारीहरूले मात्र बिगारिरहेको भन्ने पनि होइन । प्राविधिक र म्यानेजेरिएबल व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरू धेरै कुराहरू छन् ।

ठ्याक्कै कति प्रतिशत रोकियो, चुहावट ?

चुहावट करिब २६ प्रतिशत थियो ४ वर्ष अगाडि । अहिले करिब १५.२७ प्रतिशतमा आएको छ । करिब ११ प्रतिशतले चुहावट नियन्त्रण भएको छ । त्यो भनेको करिब करिब ८ अर्व जति हाम्रो फाइनान्सियल अकाउन्टसमा आउँछ । बित्तीय रूपले पनि हामीलाई चुहावट घट्दाखेरि आर्थिक फाइदा पनि धेरै छ । यसले गर्दापनि नेपाल विद्युत प्राधिकरणलाई एक किसिमको नाफामा ल्याउनको लागि एकदम सहयोग पुगेको छ । विगतमा करिब वार्षिक रूपमा ९ अर्व जतिको घाटा व्यहोरिरहेको प्राधिकरण, अहिले ११ अर्व नाफा आउँदाखेरि करिब/करिब हामीले २० अर्वको टर्नअराउन्ड गर्नुपर्ने स्थिति भयो । हाम्रो विक्रीमा करिब दोब्बर जतिनै विक्रीमा बढोत्तरी भयो । हाम्रो कस्ट जुन इलेक्ट्रिसिटि पर्चेज भन्छ, मूल्य बढी जान्थ्यो, त्यसलाई पनि हामीले म्यानेज गरेका छौँ । हाम्रो खर्च कटौती भएको छ । खर्च जुन हिसाबले वृद्धि भईरहेको थियो, त्यसलाई हामीले नियन्त्रण गरेका छौँ । यी तमाम विषयहरूले हाम्रो नाफामा बढोत्तरी भएको छ ।



प्रतिक्रिया दिनुहोस्