Logo

काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित पुष्टि



काठमाडौं, २ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २०५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ४ सय ६१ जनाको पिसीआर परिक्षणमा   १ हजार १६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ५ सय ८० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३८ जना र ललितपुरका ५० जना र भक्तपुरका १७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्